काठमाडौं – केन्द्र सरकारमा रहेको सत्तारुढ गठबन्धन अनुसार नै मन्त्री हेरफेर गर्न खोज्दै २ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन तथा वन मन्त्री रामनरेश रायलाई अकस्मात बर्खास्त गरेका छन् ।
अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई प्रदेश सरकारमा सहभागी गराउन रायलाई बर्खास्त गरिएको छ ।
यसअघि कात्तिक २८ गते मुख्यमन्त्री राउतले निवासमै बोलाएर मन्त्री रायलाई राजीनामा गर्न आग्रह गरेका हुन् तर रायले राजीनामा नगरेपछि बर्खास्त गरिएको छ ।
मन्त्री रायलाई बर्खास्त गरिएको पत्र प्रदेश प्रमुख कार्यालयमा आएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
एकीकृत समाजवादीलाई उद्योग मन्त्रालय दिने सहमति भएको जनाइएको छ ।
प्रदेश सरकारमा एकीकृत समाजवादीलाई २ मन्त्रालय दिएर मन्त्रिपरिषद् विस्तार गर्ने प्रदेश सरकारको तयारी गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।