आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज काठमाडौंमा सार्वजनिक बिदा

आज काठमाडौंमा सार्वजनिक बिदा

  • मिडिया डबली
  • सोमवार, कार्तिक २९ २०७८

  • 3.4K
    SHARES

  • आज काठमाडौंमा सार्वजनिक बिदा

    काठमाडौं – प्रत्येक वर्ष हरिबोधिनी एकादशी अर्थात् तुलसी विवाहका दिन नेपालकै प्रसिद्घ धार्मिक तीर्थस्थलका रुपमा परिचित बुढानिलकण्ठ मन्दिरमा लाग्ने विशेष मेलाको अवसरमा काठमाडौंको बुढानिलकण्ठ र नागार्जुन नगरपालिकाले आज सोमबार सार्वजनिक बिदा दिएका छन् ।

    कात्तिक २६ गते बसेको बुढानिलकण्ठ नगर कार्यपालिकाको बैठकले तुलसी विवाहको दिन स्थानीय बिदा दिने निर्णय गरेको थियो ।

    एकादशीका दिन विशेष मेला लाग्ने भएकाले नगरपालिकामा स्थानीय पर्वका रुपमा सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

    स्थानीय संस्कृति, परम्परा र जात्राको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले बिदा दिइएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाअन्तर्गत रहेका कार्यालय, वडा कार्यालय, विद्यालय, अस्पताल र सरकारी कार्यालयमा सार्वजनिक बिदा हुने भएको छ । बुढानिलकण्ठमा प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म विशेष मेला लाग्ने गरेको छ ।

    कात्तिक २९ गते सोमबार हरिबोधिनी एकादशीका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारीले बताइन् ।

    नगरपालिकाभित्र रहेको नेपालको ४ नारायणमध्येको कान्छो नारायण मन्दिरका नाममा परिचित तथा राष्ट्रिय सम्पदा सूचीमा सूचीकृत इचंगुनारायण मन्दिरमा प्रत्येक वर्ष तुलसी विवाहका दिन विशेष मेला लाग्ने भएकाले नगरपालिकाले स्थानीय पर्वका रुपमा आज सोमवार सार्वजनिक बिदा दिने जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २४ २०७७१०:०४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend