आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आज र भोलि सार्वजनिक बिदा दिने निर्णय

आज र भोलि सार्वजनिक बिदा दिने निर्णय

  • मिडिया डबली
  • आइतवार, कार्तिक २८ २०७८

  • 5.5K
    SHARES

  • आज र भोलि सार्वजनिक बिदा दिने निर्णय

    काठमाडौं – हरिबोधनी एकादशीको अवसरमा बराहपोखरीमा लाग्ने धार्मिक मेलाका अवसरमा खोटाङको बराहपोखरी र जन्तेढुंगा गाउँपालिकाले कात्तिक २८ र २९ गते अर्थात् आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।

    बराहपोखरीमा हरिबोधनी एकादशीका अवसरमा १ हप्ताासम्म मेला लाग्ने गरेको छ ।

    खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट दक्षिणीमा पर्ने धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई सभ्य र भव्य बनाउन २ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको सूचनामार्फत जनाइएको छ ।

    बराहपोखरी मेलालाई व्यवस्थित बनाउन दुबै गाउँपालिका तथा बराहपोखरी विकास समितिका तर्फबाट स्वयंसेवक पनि खटाइएका छन् ।

    मेलामा हुनसक्ने आपाराधिक घटनालाई न्यूनिकरण गर्न ईलाका प्रहरी कार्यालय चिसापानी र बराहपोखरी तथा सशस्त्र प्रहरी गुल्म चिसापानीबाट प्रहरी टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) फणिन्द्र दाहालले जानकारी दिए ।

    बराहपोखरी मेलामा दिवंगत भएका आफ्ना आफन्तका नाममा सतबीज छर्ने, फूल तार्ने तथा धामीझाँक्री नाच्ने र दर्शन गर्न आउने भक्तजनका साथै अवलोकन भ्रमण गर्न आउने पर्यटकको भीड लाग्ने गरेको छ ।

    चारैतिर घना जंगलले घेरिएको ३३० मिटर लम्बाइ र २१० मिटर चौडाइ क्षेत्रफलमा फैलिएको प्राकृतिक रुपले बनेको बराहपोखरीमा संसारकै दुर्लभ रातो माछा समेत पाइने गरेको छ ।

    समुद्री सतहदेखि करीब १ हजार ३०० मिटर उचाइमा रहेको बराहपोखरीमा हरिबोधनी एकादशीसँगै रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे संक्रान्तिमा समेत मेला लाग्ने गर्छ ।

    मेलामा उदयपुर, भोजपुर, धनकुटा, इलाम, ओखलढुंगा, सुनसरी, सप्तरी, सिरहा तथा भारत, चीन, भुटान लगायत क्षेत्रबाट दर्शनार्थी र भक्तजन आउने गरेका गाउँपालिकाले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २४ २०७७१०:०४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend