सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतीय सुरक्षा सल्लाहकार डोभाल र रुसी समकक्षीबीच सूचना सुरक्षामा सहकार्य गर्ने विषयमा छलफल 

भारतीय सुरक्षा सल्लाहकार डोभाल र रुसी समकक्षीबीच सूचना सुरक्षामा सहकार्य गर्ने विषयमा छलफल 

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २६ २०७८

  • 3.7K
    SHARES

  • भारतीय सुरक्षा सल्लाहकार डोभाल र रुसी समकक्षीबीच सूचना सुरक्षामा सहकार्य गर्ने विषयमा छलफल 

    नयाँदिल्ली - भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले बुधबार रुसको सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभसँग सूचना सुरक्षामा सहकार्य गर्ने विषयमा छलफल गरेका छन्। 

    दुई सुरक्षा सल्लाहकारहरुले भारत र रुसबीच सुरक्षा क्षेत्रमा थप सहयोग गर्ने योजनाहरूबारे छलफल गरेको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। 

    उनीहरुले विभिन्न क्षेत्रीय समस्याहरु पनि उठाएका जनाइएको छ। डोभालको अध्यक्षतामा अफगानिस्तानमा भएको तेस्रो क्षेत्रीय सुरक्षा संवादपछि द्विपक्षीय बैठक भएको हो।

    भारतस्थित रुसी दूतावासले जारी गरेको विज्ञप्तिमा भेटवार्ताका क्रममा सूचना सुरक्षाका विभिन्‍न विषयमा सहकार्यमा विशेष ध्यान दिइएको छ।

    'नयाँदिल्लीमा भएको द्विपक्षीय बैठकमा रुसी सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुशेभ र भारतका प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच सुरक्षाको क्षेत्रमा रुस र भारतबीच क्षेत्रीय समस्याहरु समाधानका लागि थप सहयोग गर्ने योजनाबारे छलफल भएको थियो,' दूतावासले भन्यो।

    "बैठकको अन्त्यमा, पात्रुशेभले अफगानिस्तानमा दिल्ली क्षेत्रीय सुरक्षा संवादको आयोजना गरेकोमा भारतीय पक्षलाई धन्यवाद दिए,' दूतावासले जारी गरेको विज्ञप्तिमा थपिएको छ।

    अफगानिस्तानसम्बन्धी सुरक्षा वार्तामा भारत, इरान, काजाकिस्तान, किर्गिज गणतन्त्र, रुस, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तानका राष्ट्रिय सुरक्षा सल्लाहकार वा राष्ट्रिय सुरक्षा परिषद्का सचिवहरूले भाग लिएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २६ २०७८०५:५३:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend