सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

तालिवानबारे ८ देशको दिल्ली घोषणापत्र : अफ्गानिस्तानमा मानवअधिकारको हनन् हुनु हुँदैन

तालिवानबारे ८ देशको दिल्ली घोषणापत्र : अफ्गानिस्तानमा मानवअधिकारको हनन् हुनु हुँदैन

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २५ २०७८

  • 2.5K
    SHARES

  • तालिवानबारे ८ देशको दिल्ली घोषणापत्र : अफ्गानिस्तानमा मानवअधिकारको हनन् हुनु हुँदैन
    फाइल तस्बिर

    नयाँदिल्ली – भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभालद्वारा अफगानिस्तानको स्थितिमाथि आयोजि क्षेत्रीय बैठकमा तालिबानको शासन भएको देशको छिमेकी र जोडिएका देशहरूले आतङ्कवाद, उग्रवाद र धार्मिक कट्टरता विरूद्ध सामूहिक धारणा बनाउने निश्चय गरेको छ।

    राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको यो बैठकमा भारतसहित आठ देशले भाग लिएको थियो। अफगानिस्तानमा तालिबानी सत्ताको मुख्य समर्थक पाकिस्तान र चीनले यो बैठकमा भाग लिएन। बैठकमा रूस, ईरान, कजाकिस्तान, ताजिकिस्तान, किर्गिस्तान, तुर्कमेनिस्तान, उज्बेकिस्तानले भाग लिएको थियो। बैठकपछि 'दिल्ली घोषणा' पत्र जारी गरिएको छ जसमा अफगानिस्तानमा एउटा समावेशी सरकारको स्थापनामा बल दिइएको छ। यस्तो समावेशी सरकार जसमा देशका सबै क्षेत्रहरू र जातीय समूहहरूको प्रतिनिधित्व होस। साथै प्रशासन र राजनीतिक संस्थाहरूमा समाजका सबै वर्गहरू सामेल होस।

    अफगानिस्तानको सुरक्षा स्थितिबारे चिन्ता व्यक्त गर्दै घोषणा पत्रमा भनिएको छ की त्यहॉं महिलाहरू र बालबालिकाहरूको मानवधिकारको हनन हुनु हुन्न। अफगानिस्तानको मानवीय संकटलाई उल्लेख गर्दै घोषणा पत्रमा थप भनिएको छ की अफगान नागरिकहरूलाई कुनै प्रकारको बाधारहित मानवीय सहायता प्रदान गरिनु पर्छ।

    सबै प्रकारको आतङ्कवादी गतिविधिहरू विरूद्ध लड्ने संकल्प व्यक्त गर्दै घोषणा पत्रमा भनिएको छ, अफगानिस्तान भविष्यमा वैश्विक आतङ्कवादको निम्ति सुरक्षित ठाउॅं नबनोस। यसमा आतङ्कवादीहरूको आर्थिक स्रोत बन्द गर्न, आतङ्कवादी ढॉंचालाई नष्ट गर्ने, धार्मिक कट्टरपन्थी विचारधारा विरूद्ध लड्ने विषयमा बल दिइएको छ। साथै अफगानिस्तानबाट नशालु पदार्थहरूको तस्करी हुन नदिने पनि बल दिइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, कार्तिक २५ २०७८०७:५१:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend