आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

हामी कम्युनिस्ट जस्तो भोटका व्यापारी होइनौं : एनपी साउँद

हामी कम्युनिस्ट जस्तो भोटका व्यापारी होइनौं : एनपी साउँद

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २५ २०७८

  • 3.4K
    SHARES

  • हामी कम्युनिस्ट जस्तो भोटका व्यापारी होइनौं : एनपी साउँद

    काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले कांग्रेस कम्युनिस्टजस्तो भोटको व्यापारी नभएको बताएका छन्।

    गृहजिल्ला कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस कम्युनिस्टजस्तो भोटको व्यापारी नभएको बताएका हुन्। 

    ‘भूमि अधिकारलाई संविधानले मौलिक अधिकारको रुपमा सुनिश्चित गरेको छ। यो भूमिको अधिकार हरेक नागरिकले पाउनुपर्छ,’ नेता साउदले भने, ‘हामी भोटका व्यापारी होइनौं। इमान नभएको राजनीति गर्न हामीले जानेका छैनौं।,’ 

    कांग्रेसले आरक्षपीडित तथा भूमिहीनका समस्या समाधान गर्नेमा जोड दिँदै उनले कञ्चनपुरमा तत्कालीन शक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित आरक्षपीडितका नाममा कटान भएको जग्गा अरुले नै कब्जा गरिसकेको पनि बताए।    

    ‘आरक्षपीडितका नाममा कटान भएको जग्गा अरुले नै कब्जा गरिसके। आरक्षपीडित हेरेको हे¥यै भए। विवेकले जुनी एकै हुन्छ। अर्को जुनीका लागि सपना सजाएर मात्र यो समस्या समाधान हुन सक्दैन,’ साउदले भने, ‘शासन गर्नका लागि मात्र राज्य बनेको छ भने त्यो राज्य अर्थहीन छ। राज्य समाजको गोठालो हो।’

    विगत २२ वर्षदेखि आरक्षपीडितका समस्या समाधान हुन नसकेको प्रति उनले दुःख व्यक्त गरे। भइसकेको छ। ‘२२ वर्ष भइसकेको छ। मलाई पनि पीडा छ,’ नेता साउदले भने। 

    सरकारले आरक्षपीडितको समस्या समाधान सहज बनाउन मुआब्जा दिने निर्णय गरेपछि धेरै समस्या समाधान भएको जिकिर गरे। ‘समस्या समाधान होस्। कसैको घर बनोस्, जग्गा बनोस्। न बिजुली छ, न खानेपानी छ,’ नेता साउदले भने, ‘दशकौंदेखि एउटै पीडा भोगिरहेका छन्। अव त्यो समस्या समाधान हुन्छ। दुई चार जनालाई जागिर दिने उद्देश्यमा कांग्रेस छैन।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend