काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले ३ प्रदेशमा नयाँ प्रदेश प्रमुखलाई नियुक्ति दिएकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा १ नम्बर प्रदेशको प्रमुखमा परशुराम खापुङ्ग, कर्णाली प्रदेश प्रमुखमा तिलक परियार र सुदूरपश्चिम प्रदेश प्रमुखमा देवराज जोशीलाई नियुक्त गरिएको हो ।
आज मंगलबार राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७८/७/२२ गतेको बैठकको निर्णय एवं सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम देहायका व्यक्तिहरूलाई देहायको प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’
यस्तो छ विज्ञप्ति –

यसअघि रहेका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको थियो ।
यस्तो छ पदमुक्त गरिएको विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।