तालिबानले अफगानिस्तानमा विदेशी करेन्सी प्रयोगमा रोक लगाएको छ। आदेशको उल्लङ्घन गर्नेहरूमाथि कारबाही गरिने चेतावनी दिइएको छ।
तालिबानका प्रवक्ता जबीउल्लाह मुजाहिदले भनेका छन्, नागरिक, व्यापारी र आम जनताले अफगानिस्तानमा विदेशी करेन्सीको प्रयोग नगरोस्। आदेशको पालन नगर्दा सख्त कारबाही गरिनेछ।
अफगानिस्तानका बजारहरूमा अमेरिकी करेन्सीको अधिक प्रयोग गरिन्छ। साथै व्यापारको निम्ति सीमासित लागेको देश पाकिस्तानको करेन्सीको उपयोग पनि हुन्छ।
15 अगस्तमा काबुलमा तालिबानको कब्जा भएपछि अमेरिका, विश्व ब्याङ्क र अन्तरराष्ट्रिय मुद्रा कोषले अफगानिस्तानको 9.5 बिलियन अमेरिकी डलरभन्दा धेरै पुग्दा रोक लगाएको छ। अफगानिस्तानको आर्थिक स्थिति ठीक छैन।एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।