चीन - चीनको छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती बालबालिकालाई आफ्नो मातृभाषाको कक्षा लिन रोक लगाएका छन्। चीनले तिब्बती बालबालिकाहरुलाई विद्यालयमा चिनियाँ भाषामा पठनपाठन गराइरहेका छन्।
विद्यालय बिदा भएका बेला समेत आफ्नो मातृभाषा सिक्न छिङहाइ प्रान्तका अधिकारीहरूले तिब्बती बालबालिकाहरुलाई रोक लगाएका हुन्। विद्यालयमा आफ्नो मातृभाषा पढन नपाएपछि तिब्बती बालबालिकाहरुले बिदाको समयमा तिब्बती भाषा पढ्दै आएका थिए।
चिनियाँ अधिकारीहरुले बिदाको समयमा समेत मातृभाषा पढ्नबाट रोक लगाएको रेडियो फ्री एसिया (आरएफए) मा समाचार छ। उत्तरपूर्वी तिब्बतको आम्दो गाउँबाट एक स्थानीयले यो सूचना आरएफएलाई दिएका थिए।
विद्यालय बन्द हुँदा कुनैपनि व्यक्ति वा संस्थालाई हिउँदको बिदामा तिब्बती भाषा सिकाउन वा अनौपचारिक कक्षा वा कार्यशाला सञ्चालन गर्न अनुमति छैन भन्दै चिनियाँ सरकारले स्थानीय प्रशासन र विद्यालयहरुलाई निर्देशन दिएको थियो।
सरकारको आदेश उल्लंघन गरेको पाइएमा गम्भीर सजाय भोग्नुपर्ने स्थानीय सरकारले विद्यालय र शिक्षकहरुलाई चेतावनी दिएको छ। त्यहाँका तिब्बती समुदायहरुले तिब्बती भाषा मेटाउने प्रयासमा चीनले यस्तो कदम चालेको भन्दै आन्तरिक रुपमा विरोध जनाएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।