काठमाडौं – प्रहरीमाथि गएराति गोली प्रहार हुँदा ४ जनाको मृत्यु भएको खबर भारतको छत्तिसगढबाट आएको छ ।
छत्तिसगढको सुकमा आईतवार राति केन्द्रीय रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का जवानले आफ्ना साथीहरुमाथि एके–४७ ले गोली हानेका हुन् ।
घटनामा ४ जना जवानको मृत्यु भएको छ भने ३ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।
गम्भीर घाइतेलाई हेलिकप्टरको माध्यमबाट रायपुर लगिएको छ भने घटनापछि आरोपित जवानलाई हिरासतमा लिइएको छ । प्रहरीमाथि गोली प्रहार हुनुको कारण खुलेको छैन ।
बिहान ३ः१५ बजे प्रहरी जवान रितेश रञ्जनले साथीहरुमाथि फायरिङ गरेका हुन् । गोली लागेर २ जवानको घटनास्थलमै र २ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।