काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडनले दिपावली पर्वको अवसरमा दियो बाल्दै संसारभरका सबै हिन्दूलाई शुभकामना दिएका छन् ।
राष्ट्रपति बाइडेनले आफ्नो ट्विटरमा राष्ट्रपति निवास ह्वाइट हाउभित्र दियो बालेको तस्वीर सहित दिपावलीको शुभकामना दिए ।
तस्वीरमा उनकी पत्नी तथा अमेरिकाकी प्रथम महिला जील बाइडेन समेत उनीसँगै रहेकी छन् ।
बिहीवार लक्ष्मीपूजाको रात नेपाली समयअनुसार ८ः३१ बजेमा बाइडेनले शुभकामना सन्देश ट्विटरमा पोस्ट गरेका छन् ।
आफ्नो सन्देशमा बाइडनले लेखेका छन्, ‘दिपावलीको प्रकाशले हामीलाई सधैं यो स्मरण गराओस्, हरेक अन्धकारपछि ज्ञान, चेतना र सत्यको समय आउनेछ, विभाजनपछि एकता आउनेछ र दुःखपछि आशा पलाउनेछ ।’
बाइडनले सन्देशमा अमेरिका मात्र होइन, दिपावलीको उत्सव मनाइरहेका संसारभरका सबै हिन्दू, शिख, जैन र बौद्धहरुलाई शुभकामना दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।