काठमाडौं – अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले विदेश विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ नेता झलनाथ खनाललाई दिने निर्णय गरेको छ ।
बुधबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकले खनालको नेतृत्वमा ७ सदस्यीय विदेश विभाग गठन गरेको जनाइएको छ ।
पार्टी उपमहासचिव तथा कार्यालय सचिव गंगालाल तुलाधरले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सचिवालय बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
बैठकले संगठन विभागको प्रमुखमा डा. बेदुराम भुसाल, शिक्षा विभाग प्रमुखमा डा. गंगालाल तुलाधर, विपद् व्यवस्थापन विभाग प्रमुखमा डा. गंगालाल तुलाधर र सहकार्य विभाग प्रमुखमा गोविन्द कोइरालालाई जिम्मेवारी दिएको छ ।
बैठकले न्यायपालिकामा देखापरेको समस्याप्रति गम्भीर रूपमा ध्यान दिई उपयुक्त निकास निकाल्न ५ दलीय गठबन्धनमा छलफल गर्ने निर्णय पनि गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस्तो छ विज्ञप्ति –


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।