काठमाडौं - कम्युनिस्टहरू धर्मलाई अफिम ठान्छन् । धर्मलाई अन्धविश्वास र रुढीवादी मान्छन् । नेपालमा पनि लामो समयसम्म कम्युनिस्ट नेताहरूमा त्यही प्रवृत्ति देखिएको छ । तर, पछिल्लो केही समययता नेपालका कम्युनिस्ट नेताका चोला फेरिँदै गएको छ ।
मोहनचन्द्र अधिकारी जसलाई नेपालको नेल्सन मण्डेला भनिन्थ्यो । झापा आन्दोलन गर्नेमा उनी पहिलो पंक्तिमा पर्छन् ।
अहिलेका जति धेरै नेता छन्, ती सबै अधिकारीकै अनुयायी हुन् । कम्युनिस्ट राजनीतिमा उनको योगदान देखेर राजनीति गर्नेहरू अहिले पार्टीका अध्यक्ष बनेका छन् । तर, जीवनको उत्तराद्र्धमा अधिकारी हिन्दु धर्मको अनुयायी बने । उनी यज्ञ, महायज्ञमा सहभागी हुने, पूजापाठमा लाग्दै आएका छन् ।
एमाले अध्यक्ष केपी ओली पनि अहिले मोहनचन्द्र अधिकारीकै पथमा हिँडेका छन् । हिजोसम्म माक्र्सवादी दर्शनले मात्र मानव कल्याण हुने भन्ठान्ने ओली अहिले वेद, पुराण, उपनिषद, रामायण, महाभारतको भाषण दिन थालेका छन् । त्यति मात्र होइन, रामलाई भगवान मान्ने र तिनै रामले नेपालको विकास गर्नेसमेत बताउन थालेका छन् ।
आफ्नै खर्चमा राम, सीता र लक्ष्मणको मूर्ति बनाउन लगाएर अहिले उनी चितवनको माडीमा अयोध्यापुरी स्थापना गर्न लागिपरेका छन् । अर्थात् उनी धर्मवीरु बनेका छन् । धर्मका लामा लामा व्याख्या गर्न थालेका छन् ।
अबको केही समयपछि ओली हिन्दु धर्मको व्याख्या र हिन्दु राष्ट्र स्थापनामा लागेृ भन्ने आश्चर्य नमाने हुने संकेत देखिएको छ । एमालेमा ओली प्राधिकार छ । उनले जे भन्यो त्यही सिद्धान्त बन्ने गरेको छ । आगामी निर्वाचनमा ओलीले नेपाल हिन्दु राष्ट्र स्थापना हुनुपर्ने, धर्म निरपेक्षता खारेज गर्ने नारा लिएर अघि बढे भने नेपालको राजनीतिमा ठूलो उथलपुथल आउने निश्चित छ ।
केही समयअघि मात्र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली अहिले पूर्वराजा ज्ञानेन्द्र शाहका निकटसँग भेटघाटमा रहेको र गणतन्त्र उल्ट्याउन लागिपरेको अभिव्यक्ति सार्वजनिक गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।