काठमाडौं - चार दिनअघि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल विराटनगर पुगेका थिए । उनले त्यहाँ आफ्ना नेता कार्यकर्तालाई संयमित बन्न र उत्ताउलो नबन्न निर्देशन दिएका थिए ।
सो कार्यक्रममा नेता राजेन्द्र राई पनि थिए । जो आज प्रदेश १ को मुख्यमन्त्री बन्दैछन् । उनले प्रदेश १ को मुख्यमन्त्रीलाई नमुना बन्न सुझाव दिए । तर, नेता नेपालले त्यस्तो भनेको तीन दिन नबित्दै राजेन्द्र राईले चर्तिकला देखाएका छन् ।
मुख्यमन्त्री बन्ने निश्चित भएपछि एकीकृत समाजवादी प्रदेश १ संसदीय दलका नेता राजेन्द्र राईले केक काटेर उत्सव मनाएका छन् । पाँच दलीय गठबन्धनबाट मुख्यमन्त्री हुने भएपछि राईले सोमबार राति केक र मदिरासहितको उत्सव मनाएका हुन् ।
कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसहितका ४९ सांसदको समर्थनमा मुख्यमन्त्री पक्का गरेपछि खुसीयाली मनाएको बताइन्छ ।
इटहरीस्थित एक होटेलमा सोमबार राति आयोजित कार्यक्रम राईले भावी मुख्यमन्त्रीका रूपमा केकसमेत काटेर खुसी साटेका थिए । जहाँ मदिरा पार्टी पनि चलेको थियो ।
जबकि एकीकृत समाजवादीका अध्यक्ष नेपालले मदिरा पार्टी नगर्न निर्देशन नै दिएका थिए । यो घटनाले बिहानीले दिनको भविष्य देखाउँछ भन्ने संकेत गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।