काठमाडौं – निर्वाचनमा पहिलो पार्टी बनेको दम्भका कारण सत्ता बहिर्गमन हुँदै नेकपा एमाले संघ र प्रदेशका सबै सरकारबाट बाहिरिएको छ । नेकपा एमाले र नेकपा माओवादी केन्द्र छुट्टाछुट्टै पार्टी बनेको अवस्थामा कांग्रेसको हातमा निर्णायक कार्ड आइपुगेको छ ।
संघमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार र प्रदेशमा पनि कांग्रेसको समर्थनमा सरकार बन्ने सिलसिलामा १ नम्बर प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउन दाबी पेश गरिएको छ ।
आज सोमवार राईले प्रदेश प्रमुखसमक्ष ५० सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् । मुख्यमन्त्री पदबाट एमाले नेता भीम आचार्यले राजीनामा दिएपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न भोलि मंगलबार दिउँसो १ बजेसम्मको समय दिएका छन् ।
प्रदेश प्रमुख अधिकारीबाट दाबी पेश गर्न आह्वान भएलगत्तै राईले गठबन्धनमा आवद्ध ५ दलका प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका छन् । ९२ सदस्यीय प्रदेश सभामा बहुमत पुर्याउनका लागि कम्तीमा पनि ४७ जना सांसदको समर्थन आवश्यक रहेको छ ।
प्रदेश सभामा नेकपा एमालेका ४१ सांसद रहेका छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसको २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ सांसद रहेका छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।