आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालको पार्टीका ३ मन्त्री पदमुक्त, यी बन्दैछन् नयाँ मन्त्री (नामसहित)

माधव नेपालको पार्टीका ३ मन्त्री पदमुक्त, यी बन्दैछन् नयाँ मन्त्री (नामसहित)

  • मिडिया डबली
  • सोमवार, कार्तिक १५ २०७८

  • 4.4K
    SHARES

  • माधव नेपालको पार्टीका ३ मन्त्री पदमुक्त, यी बन्दैछन् नयाँ मन्त्री (नामसहित)

    काठमाडौं – हालै खुलेको अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका ३ मन्त्री कर्णाली प्रदेश सरकारबाट आज सोमबार पदमुक्त हुँदैछन् ।

    नेकपा एमालेले कारवाही गरेर सांसद पद गुमाएका तीनै जना सांसद नभई मन्त्री बनेको ६ महिना पूरा भएसँगै पदमुक्त हुँदैछन् ।

    एकीकृत समाजवादीबाट मन्त्री बनेका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही सोमबार पदमुक्त हुन लागेका हुन् ।

    मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने बेला पार्टी निर्णय विपरीत पक्षमा मतदान गरेपछि एमालेले पदमुक्त गरेको थियो ।

    गत बैशाख २ गते ‘फ्लोर क्रस’ गरेका तीनै जनालाई मुख्यमन्त्री शाहीले बैशाख ४ गते मन्त्री नियुक्त गरेका हुन् । मन्त्री नियुक्त भएपछि पार्टीले सांसद पदबाट हटाएकाले मुख्यमन्त्री शाहीले बैशाख १५ गते सांसद नभई मन्त्री बन्ने प्रावधानअनुसार फेरि मन्त्री नियुक्त गरेका थिए । मन्त्री नियुक्त भएको ६ महिना पूरा भएकाले आजै तीनै मन्त्री स्वतः पदमुक्त हुँदैछन् ।

    पार्टीका तीनै जना मन्त्री पदमुक्त भएसँगै ती मन्त्रालयमा एकीकृत समाजवादी पार्टीले नै दाबी गर्ने भएको छ । कर्णाली प्रदेश सभामा समाजवादीका ३ जना सांसद मात्रै रहेका छन् ।

    रुकुम पश्चिमकी देवी ओली, मुगुका चन्द्र बहादुर शाही र जुम्लाका पदमबहादुर रोकाया एकीकृत समाजवादीका सांसद रहेका छन् । एकीकृत समाजवादी पार्टीको मागलाई मुख्यमन्त्री शाहीले कार्यान्वयन गरेमा यी तीनै सांसद मन्त्री बन्न पाउने भएका छन् । 

    एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशसभा सदस्य देवी ओलीले खाली हुने कर्णालीका मन्त्रालयहरू समाजवादीकै भागका भएकाले स्वतः दाबी गरिएको जानकारी दिइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन २७ २०७७०७:२९:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend