काठमाडौं – नेपाली कांग्रेसभित्र बागमती प्रदेशमा प्रभावशाली नेता हुन् प्रदेशसभा संसदीय दलका नेता तथा मकवानपुर जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ । पार्टीमा मात्रै होइन, नेता बानियाँले जनस्तरमा समेत शक्ति देखाएका छन् ।
दशैंतिहारको अवसरमा वडा–वडामा भइरहेका शुभकामना आदानप्रदान कार्यक्रममा दिनदिनै नेपाली कांग्रेस प्रवेश गर्नेको संख्या उल्लेख्य छ । आईतबार मकवानपुर जिल्लामा एकैदिन विभिन्न ठाउँको कार्यक्रममा ८६८ जना अग्रज व्यक्तित्वले विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका छन् ।
हेटौंडा उपमहानगरपालिकाको १५ नम्बर वडामा भएको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा १५० जना र मनहरी गाउँपालिकामा भएको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा ७१८ जना गरी कूल ८६८ जना अगुवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशी सबैलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय (डिना) र नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुरका सभापति बानियाँले स्वागत गरेका छन् ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।