बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चीन-पाकिस्तान आर्थिक करिडोरको जमिनमा अवैध कब्जा 

चीन-पाकिस्तान आर्थिक करिडोरको जमिनमा अवैध कब्जा 

  • मिडिया डबली
  • आइतवार, कार्तिक १४ २०७८

  • 5.2K
    SHARES

  • चीन-पाकिस्तान आर्थिक करिडोरको जमिनमा अवैध कब्जा 

    इस्लामावाद - पाकिस्तानमो खैबर पख्तुनख्वा प्रान्तमा रहेको केही प्रभावशाली व्यक्तिहरुले चीन पाकिस्तान आर्थिक करिडोरको जमिनमा अवैध कब्जा गरेका छन्। स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै भारतीय समाचार एजेन्सी एएनआईका अनुसार खर्बौ रकम बराबरको हजारौं क्यानल जमिन अवैधरुपमा कब्जा गरिएको छ। 

    द न्युज इन्टरनेशनलका अनुसार खैबर पख्तुनख्वा प्रान्तको भ्रष्टाचारविरोधी संस्था (एसीई)ले उक्त सीपीईसीको हजारौं क्यानल जमिनमा अवैध कब्जा भएको खुलासा गरेको हो। 

    एसीईका सहयाक निर्देशक नासिर अलिले उक्त जमिन कब्जा गरेर अवैधरुपमा नै भौतिक संरचनाहरु बनाएको, विभिन्न आवासीय योजनाहरु सार्वजनिक गरिएको पाइएको छ। सरकारले उक्त क्षेत्रलाई यसअघि नै रशाकाई विशेष आर्थिक क्षेत्र घोषणा गरेको भए पनि उक्त जमिन कब्जा गरेर आवासीय योजनाहरु सार्वजनिक गरिएको पाइएको हो। 

    एसीईले उक्त क्षेत्रको अनुगमनका क्रममा जमिन कब्जा गरेर बिक्रीवितरणसमेत सुरु गरिएको पाइएको छ। उक्त जमिनमा रेस्टुरेन्ट र फार्महाउसहरु पनि सञ्चालन गरिएका छन्। उक्त बस्ती पुरानोजस्तो र सहरीकरण भएकोजस्तो आभास हुने किसिमले बस्ती बसीरहेकोसमेत उनले बताएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण १६ २०७७११:५३:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend