सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बलुचिस्तानका मुख्यमन्त्रीको कुर्सी जोगाउन पाकिस्तानी सेना असफल

बलुचिस्तानका मुख्यमन्त्रीको कुर्सी जोगाउन पाकिस्तानी सेना असफल

  • मिडिया डबली
  • आइतवार, कार्तिक १४ २०७८

  • 4.8K
    SHARES

  • बलुचिस्तानका मुख्यमन्त्रीको कुर्सी जोगाउन पाकिस्तानी सेना असफल

    इस्लामावाद - जमैत उलेमा इस्लामका सांसद्समेत रहेका महासचिव मौलना अब्दुल गफूर हैदेरीले पाकिस्तानी सेनाले बलुचिस्तानका मुख्यमन्त्री जाम कमल खान अलयानीको कुर्सी जोगाउन नसकेको आरोप लगाएका छन्। 

    मुख्यमन्त्री अलयानीले पदबाट राजीनामा दिइसकेको र यसअघि मुख्यमन्त्रीको समर्थनमा रहेका पाकिस्तानी सेना असफल भएको हैदरीको आरोप छ। मुख्यमन्त्रीलाई निकै ठूलो समर्थन रहेको देखिएको भए पनि अन्तिममा सफल हुन सकेन्न, उनले भने। 

    बलुचिस्तानको सरकार निमार्ण र सरकार परिवर्तनमा पाकिस्तानी सेनाको हात हुने भन्ने आरोप लागिरहेको समयमो हैदरीले यस्तो टिप्पणी गरेका हन्। मुख्यमन्त्री अलयानीले विश्वासको मत प्राप्त गर्नसक्ने अवस्था नभएपछि पदबाट राजीनामा दिएका हुन्। 

    बलुचिस्तान अवामी पार्टीका नेता अलयानीविरुद्ध उनकै पार्टीका नेताहरुले पनि अविश्वासको प्रस्ताव टेबल गर्ने चेतावनी दिएका थिए। मुख्यमन्त्री अलयानीले आफूहरुलाई विश्वासको वातावरण बनाइदिन आग्रह गरेको उल्लेख गर्दै आफूहरुले पाकिस्तानी डेमोक्रटिक मुभमेन्टको गठबन्धनमा रहेको दलहरुको निर्णयलाई उल्लंघन गर्न नसक्ने जवाफ दिएको बताएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, कार्तिक १४ २०७८०४:२१:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend