काठमाडौं – नेकपा माओवादी केन्द्र यतिबेला नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी छ । तसर्थ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादी पार्टी सत्तारुढ दल हो ।
माओवादी सम्मिलित सरकारले नै गरेको निर्णयविरुद्ध माओवादीकै भातृ संगठन अखिल क्रान्तिकारीले आन्दोलन गर्ने घोषणा गरेको छ । त्यो पनि अनेरास्ववियूसहित अन्य दलसँग मिलेर ।
नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि स्वचालित प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य बढाउँदा माओवादी निकट विद्यार्थी संगठन देउवा सरकारविरुद्ध लागेको छ ।
माओवादी एकातिर सरकारमा भाग लिएर सत्ता सुखभोग गरिरहेको छ भने अर्काेतिर सरकारविरुद्ध आन्दोलन गर्दै दोहोरो चरित्र देखाइरहेको छ । माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीसहित ६ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै शनिबार विज्ञप्ति निकालेका छन् ।
नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंह, एकीकृत समाजवादी निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली, जसपा निकट समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठ, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंका अध्यक्ष देवेन्द्र कुँवर विप्लव निकट अखिल क्रान्तिकारी अध्यक्ष प्रकाश शाही र क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा निरन्तर गरिरहेको मूल्यवृद्धिले आमनेपालीको जनजीवन कठिन बनाएको ठहर गरेको छ ।
विज्ञप्तिमा उल्लेख छ, ‘दैनिक जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा चाडबाडको समयमा गरिएको मूल्यवृद्धि र त्यसले समग्र क्षेत्रहरुमा पार्ने प्रभावले जनताको ढाड सेक्ने काम गरेको छ ।’
विज्ञप्ति र सालिन आग्रहलाई बेवास्ता गरिए कडा संघर्षमा उत्रन बाध्य हुने र आन्दोलन गर्ने घोषणा विज्ञप्तिमा गरिएको छ ।
यस्तो छ विज्ञप्ति –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।