आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालको पार्टीबारे निर्वाचन आयोगको यस्तो निर्णय

माधव नेपालको पार्टीबारे निर्वाचन आयोगको यस्तो निर्णय

  • मिडिया डबली
  • बुधवार, कार्तिक १० २०७८

  • 3.7K
    SHARES

  • माधव नेपालको पार्टीबारे निर्वाचन आयोगको यस्तो निर्णय

    काठमाडौं – अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) पार्टीलाई कलम चुनाव चिह्न दिने निर्णय निर्वाचन आयोगले गरेको छ ।

    निर्वाचन आयोगले एकीकृत समाजवादीलाई कलम चुनाव चिह्न प्रदान गरेको जनाइएको छ ।

    नेकपा एकीकृत र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकता भएपछि एकीकृत समाजवादीलाई कलम चुनाव चिह्न प्रदान गरिएको जानकारी निर्वाचन आयोगले पत्रमार्फत जनाएको छ ।

    निर्वाचन आयोगले एकीकृत समाजवादीलाई रातो पृष्ठभूमिमा बायाँ भागको माथिल्लो कुनामा सेतो रंगको हँसिया र हथौडा खप्टिएको चिह्नलाई पार्टीको झण्डाका रुपमा मान्यता दिएको जनाइएको छ ।

    अध्यक्ष नेपालले पार्टी दर्ता गर्दा चुनाव चिह्न विना नै पार्टी दर्ता गराएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend