बेइजिङ - एक झ्याल नभएको अध्याँरो कोठामा बलेको सानो बत्ती, पाँच छ जनाको एक समूह, सबैका फरक फरक पोशाक, सबैले रहस्यमय हत्यका विषयमा सोचिरहेका छन्। जसमध्ये एकजना हत्यारा हुन्छ। उनीहरुले त्यो हत्यारालाई जतिसक्दो चाँडो पहिचान गरेर सार्वजनिक गर्न चाहन्छन्।
यो वास्तविक जीवन होइन, यो एक खेल हो। जुन चिनियाँ युवाहरुमाझ पछिल्लो समय निकै लोकप्रिय बन्दै गएको छ। यसलाई चिनियाँ भाषामा जुबेन शा भनिन्छ भने अंग्रेजीमा स्क्रिप्ट मर्डर भन्ने गरिन्छ।
यो एक कोठामा खेल्न सकिने खेल हो। यस कथाका पात्र बनेर हरेक सहभागीले यो खेल खेल्न सक्छन्। उनीहरुले यस खेलका लागि लेखिएको स्क्रिप्ट अनुसार नै भूमिका निभाउनु पर्ने हुन्छ। घरेलु हिंसा, महिला सशक्तिकरण तथा पछिल्लो घटनाक्रमहरुलाई सम्बोधन गर्नका लागि मध्ययुगिन समयको यो रहस्यमय कथालाई बुनिएको बताइएको छ।
सन् २०१५ मा चीनमा यो व्यापकरुपमा फैलिएको र खेलिएको थियो भने सन् २०१६ मा चिनियाँ अनलाइन प्लेटफर्म म्याङ्गो टिभीले हु इज द मर्डरर शीर्षकमा यसलाई सुरु गरेको थियो। हाल यसका करिब ९४ मिलियन प्रयोगकर्ताहरु रहेका छन् भने ७० प्रतिशतभन्दा बढी ३० वर्षभन्दा कम उमेरका रहेका छन्।
हाल ३० हजार स्थानमा खेलिएको यो खेल यस वर्षको अन्त्यसम्ममा ६० हजार स्थानमा खेलिने र यसबाट १५.४२ बिलियन युआन आम्दानी हुने अपेक्षा गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।