काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर जिल्ला पार्टी सभापति ईन्द्रबहादुर बानियाँले फूटबल खेलाडीलाई जर्सी सेट हस्तान्तरण गरेका छन् ।
खेलाडीको स्तरोन्नति होस् भन्नका लागि जर्सी सेट हस्तान्तरण गरेको नेता बानियाँले बताएका छन् ।
मकवानपुर जिल्लाको बकैया गाउँपालिका–५, ८, ९ नम्बर वडाका फूटबल खेलाडीलाई १८ थानका दरले जर्सी सेट हस्तान्तरण गरिएको छ ।
जर्सी सेट हस्तान्तरण गर्दै बानियाँले स्थानीय युवा तथा खेलाडीको भावना बुझी गाउँ तथा दुर्गम क्षेत्रमा खेल खेलेर खेलाडी उत्पादनमा पनि सहयोग पुग्ने अपेक्षा राखेको बताएका छन् ।
बानियाँले आगामी दिनमा समेत खेल क्षेत्रको विकासको लागि आफूले सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।