आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाललाई धक्का, केन्द्रीय सचिव नै एमालेमा फिर्ता

माधव नेपाललाई धक्का, केन्द्रीय सचिव नै एमालेमा फिर्ता

  • मिडिया डबली
  • मंगलवार, कार्तिक ९ २०७८

  • 4.3K
    SHARES

  • माधव नेपाललाई धक्का, केन्द्रीय सचिव नै एमालेमा फिर्ता

    काठमाडौं – नेकपा एमालेबाट विभाजित भई दर्ता गरिएको नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई ठूलो धक्का लागेको छ ।

    एमालेबाट नेताकार्यकर्ता प्रवेश गराई पार्टी बलियो बनाउनुपर्ने बेलामा उल्टै अध्यक्ष नेपालको पार्टीबाट नेताहरू एमालेमा फिर्ता हुन थालेका छन् ।

    नेकपा एस निकट युवासंघका केन्द्रीय सचिव उपेन्द्र शाही एमालेमै फर्किएका छन् । उनी दैलेखको दुल्लु नगरपालिका–१० का स्थानीय वासिन्दा हुन् ।

    पार्टी विभाजनका बेला हुलमुलमा परेका कारण अर्को पार्टीमा लागेपनि भित्री राजनीति बुझेपछि मूल पार्टीमा फर्किएको शाहीले स्पष्ट पारेका छन् ।

    एस पार्टीको दैलेखस्थित आठबीस नगर कमिटीका अध्यक्ष छत्र माझी एमालेमै फर्किएका छन् । एक प्रेस विज्ञप्ति जारी गर्दै माझीले समाजवादी पार्टीको नेतृत्वमा वर्गीय आन्दोलन सफल नहुने भएकाले मूलघरमै फर्किएको जनाएका छन् । माझीले आगामी दिनमा एमालेमा निष्ठावान रहँदै काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

    भैरवी गाउँ कमिटीको सचिव पदमा मनोनित भएका तिलकप्रसाद जैसीले समेत समाजवादी त्यागेर एमालेमा समाहित भएको बताए । जैसीले आफू राजनीतिक कारणले पार्टी विभाजनको समयमा समाजवादीमा लागेको बताउँदै आगामी दिनमा एमालेको पूर्ववत् जिम्मेवारीमा फर्कंदै काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

    साविक भैरवी गाविस–१ बाट एमालेको उम्मेदवार बनेर २०५४ सालमा वडाध्यक्ष जितेका राजाराम जैसीले समेत मूलघरै फर्किएको जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend