आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाललाई झड्का, ठूला पद अस्वीकार गर्दै यी नेता एमालेमै फर्किए 

माधव नेपाललाई झड्का, ठूला पद अस्वीकार गर्दै यी नेता एमालेमै फर्किए 

  • मिडिया डबली
  • आइतवार, कार्तिक ७ २०७८

  • 4.4K
    SHARES

  • माधव नेपाललाई झड्का, ठूला पद अस्वीकार गर्दै यी नेता एमालेमै फर्किए 

    काठमाडौं – अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (एस) पार्टीमा केन्द्रीय अनुशासन आयोग सदस्य बनाइएका हिराबहादुर केसीले पद अस्वीकार गरेका छन् ।

    नेता केसीले एसको पद अस्वीकार गर्दै आफू नेकपा एमालेमै रहेको स्पष्ट पारेका छन् ।

    प्युठान जिल्लाबाट २०७० सालमा संविधानसभा सदस्य निर्वाचित भएका नेता केसीले आईतबार प्रेस विज्ञप्ति जारी गर्दै आफू एमालेमै रहने स्पष्ट पारेका छन् ।

    प्युठान निवासी एमाले स्थायी कमिटी सदस्य मणि थापा र केन्द्रीय सदस्य सूर्य थापासहित केन्द्रीय कार्यालय पुगेका केसीले पार्टी महासचिव ईश्वर पोखरेल सहितका नेतासँग भेट गरेर नेता केसीले नेकपा एसमा नलागेको स्पष्ट पारेका हुन् ।

    विक्रम संवत् २०७० सालको संविधानसभा निर्वाचनमा प्युठानबाट वामदेव गौतम र हिरा केसी एमालेको उम्मेदवार भएर निर्वाचित भएका हुन् । यसअघि नेकपा एसका केन्द्रीय सल्लाहकार तथा प्युठानका पुराना नेता शोभाराम भण्डारी समेत एमालेमै फर्किसकेका छन् ।

    यस्तो छ विज्ञप्ति –

    nh.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend