काठमाडौं – पूर्व मन्त्री प्रभु साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै कारण खिचडी संसदीय व्यवस्था लागू गरी देशलाई अन्योलग्रस्त एवं अस्थिर बनाउने काम भएको आरोप लगाएका छन् ।
फेरि माओवादीमा प्रवेश गर्न लागेको हल्ला फैलिएपछि बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिँदै साहले देशलाई अन्योलग्रस्त एवं अस्थिर बनाउने प्रचण्डकै कारण हजारौं योग्य नेपाली विदेश पलायन हुन बाध्य भएका आरोप लगाए ।
साह फेरि माओवादी प्रवेश गर्न लागेको भनेर आएका समाचारको खण्डन गर्दै प्रायोजित समाचारको भ्रममा नपर्न सबैमा आग्रह गरेका छन् ।
साहले फेसबुकमा लेखेका छन्, ‘केही अनलाइनहरूमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको छ । महान् जनयुद्ध र हजारौं शहीदको अपमान गरेर कुर्सीको चक्करमा खिचडी संसदीय व्यवस्था खडा गरी देशलाई अन्योलग्रस्त एवं अस्थिर बनाउने प्रचण्डकै कारण आज हजारौं योग्य नेपालीहरू विदेश पलायन हुन बाध्य छ ।’
आफ्नो व्यक्तिगत स्वार्थका कारण माओवादी आन्दोलनलाई टुक्राटुक्रा गरी सिङ्गै देशलाई नै अस्थिरताको खाडलमा धकेल्ने प्रचण्डको नेतृत्वमा कोही पनि सच्चा माओवादी क्रान्तिकारीहरू एकताबद्ध हुन नसक्ने उनले स्पष्ट पारे ।
वर्तमान राजनीतिक संकटको अग्रगÞामी निकासको लागि क्रान्तिकारी ध्रुवीकरणको अपरिहार्य आवश्यकता रहेको बताउँदै उनले त्यसका लागि आफू निरन्तर क्रियाशील रहेको बताए तर जनतालाई धोखा दिने अनैतिक, असफल एवं अविश्वसनीय व्यक्तिको नेतृत्वमा त्यो सम्भव नभएको निष्कर्ष साहको रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।