इस्लामावाद - पाकिस्तानमा बौद्ध सम्पदा स्थलहरु ध्वस्त पार्न थालिएपछि श्रीलंका आक्रोशित बनेको हो। श्रीलंकाले पाकिस्तानको बौद्ध सम्पदा विनाश गर्ने अभियानले दुई राष्ट्रबीचको द्विपक्षीय सम्बन्धलाई असर गर्ने चेतावनीसमेत दिएको छ।
पाकिस्तानका ऐतिहासिक कालदेखिका बौद्ध स्थलहरुमा रहेका गुम्बा र स्तूपहरु, बुद्धका मूर्तिहरु, विशेष गरी स्वात उपत्यकामा रहेका संरचनाहरु भत्काइको इस्लाम खबरले जनाएको छ।
चिनियाँ अनुदानमा बन्न लागेको दीमेर-भासा बाँध परियोजनाको जलविद्युत संयन्त्र निर्माण गर्नुपर्ने भन्दै उक्त क्षेत्रका संरचनाहरु भत्काउन लागिएको र पाकिस्तान प्रशासित काश्मीर (पीओके) को गिलगट-बाल्टिस्तान क्षेत्रमा रहेका ३० हजार बौद्ध मूलका शिलालेख र हस्तकलाहरु पनि विनाश गरिएको जनाइएको छ।
२०२० मा, पाकिस्तानको उत्तर-पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा केही पाकिस्तानी जनताले १७ सय वर्ष पुरानो मूर्ति भत्काएका थिए। मूर्तिको अपमान गरेको भन्दै व्यापक आलोचना भएको थियो। इस्लाम खबरका अनुसार भत्किएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो।
जबकि नागरिक कार्यकर्ता र मानव अधिकार कार्यकर्ताहरु चिन्ता व्यक्त गरेका छन्। धेरै पाकिस्तानी नागरिकहरु दुर्भाग्यपूर्ण कार्यको समर्थन गरेका थिए। रावलपिण्डीका बासिन्दा उमर उस्मानीले यस अपमानजनक कार्यलाई इस्लामको शिक्षासँग जोड्दै स्वागत गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।