काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ बागमती प्रदेशमा मुख्यमन्त्री बन्ने भएका छन् ।
बिहीबार विपक्षी दलको गठबन्धनमा भएको सहमतिअनुसार यही प्रदेश सभाको कार्यकालभित्र बानियाँलाई मुख्यमन्त्री बनाउने सहमति भएको हो ।
सहमतिअनुसार पहिलो चरणमा नेकपा एकीकृत समाजवादी (एस) पार्टीका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भएका छन् भने दोस्रो चरणमा बानियाँ मुख्यमन्त्री बन्नेछन् ।
बागमती प्रदेशमा नेकपा एस र नेपाली कांग्रेसले सरकारको नेतृत्व आधा–आधा कार्यकाल चलाउने सहमति भएको छ ।
बागमती प्रदेश सभाका नेकपा एकीकृत समाजवादी, कांग्रेस, माओवादी केन्द्र र जसपाका सम्मिलित गठबन्धनको बैठकमा सरकारको नेतृत्व आधा कार्यकाल बाँड्ने सहमति भएको स्रोतले जनाएको छ ।
नेकपा एमाले नेतृत्वमा रहेको सरकार अल्पमतमा रहेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा टेबल गरेकी छन् ।
बिहीबार सुरु भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी छन् । शाक्यले विश्वासको मत नपाउने निश्चित छ । उनी विश्वासको मत नपाएर विस्थापित भएपछि पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।