आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चुनावमा मेयरको टिकट माग्न १० करोड ! यसरी भयो खुलासा

चुनावमा मेयरको टिकट माग्न १० करोड ! यसरी भयो खुलासा

  • मिडिया डबली
  • बिहिवार, कार्तिक ४ २०७८

  • 3.1K
    SHARES

  • चुनावमा मेयरको टिकट माग्न १० करोड ! यसरी भयो खुलासा

    काठमाडौं – स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिने अवघि नजिकिँदै गर्दा आगामी स्थानीय तह चुनावमा उम्मेदवार बन्नेहरूले तयारी थालेका छन् ।

    चुनावको तयारीका लागि कतिपयले पैसा जम्मा गरिसकेको चर्चा राजनीतिक वृत्तमा हुन थालेको छ ।

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राजविराजमा आयोजना गरिएको सप्तरीको विकास विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै आवश्यक रकम जम्मा गरिसकेको भन्दै टिकट माग्नेहरु सम्पर्कमा आउन थालेका बताए ।

    अध्यक्ष यादवले भने, ‘कतिपय वडाध्यक्षको टिकट देऊ, मैले ५० लाख जम्मा गरिसकेको छु भनिरहेका छन् । मेयरको टिकट माग्नेहरू १० करोड जम्मा गरिसकेको बताइरहेका छन् । कति इमान्दारी काम गरे, जनतासँग कति मिलेको छु भन्ने कुरा कसैले गर्दैनन् । सिधैं यति रकम जम्मा गरेको छु, टिकट दिनुस् भनिरहेका छन् ।’

    अध्यक्ष यादवले दलीय आधारमा हुने चुनाव भ्रष्टाचारको जड रहेको बताएका छन् । ‘कुन जनप्रतिनिधिलाई चयन गर्‍यौं जनतालाई त्यो पनि थाहा नहुनु विडम्बना हो,’ उनले भने, ‘जनता जागरुक बन्नु जरुरी छ ।’

    पैसाकै वरिपरि घुम्ने सोचलाई सुधार्नुपर्ने उनले बताए । ‘किन १० करोड लगाउँछ ? राजनीति किन गर्छ ?’ उनले भने, ‘यसअघिको राजनीतिमा हामी एउटा लक्ष्यमा काम गर्थ्यौं । लक्ष्यमा काम गर्दा ज्यान गए पनि पर्वाह हुन्नथ्यो भन्ने लाग्थ्यो तर अहिले राजनीति व्यापार भयो, पेशा रहेन । राजनीति धन्दा भइसक्यो । लगानी गरेर त्यो लगानी असुली गर्न खोज्छन् ।’

    चुनाव जितेर माथिल्लो निकायमा जानेहरू पनि यस्तै धन्दामा लागिपरेका यादवले बताए । ‘यहाँबाट जितेर गएकाहरू माथि त्यस्तै धन्दा गर्छन् । माथि गएपछि केही नेताहरू आफ्नो व्यापार गर्न थाल्छन् । उनीहरू म सांसद हुँ मलाई खरिद गर भन्छन् अनि त्यहाँ मोलमोलाई हुन्छ,’ यादवले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०५:४३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend