आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

उपेन्द्र यादवलाई गृहजिल्लामै जनताबाट यस्तोसम्म दुर्व्यवहार भयो !

उपेन्द्र यादवलाई गृहजिल्लामै जनताबाट यस्तोसम्म दुर्व्यवहार भयो !

  • मिडिया डबली
  • बुधवार, कार्तिक ३ २०७८

  • 3.3K
    SHARES

  • उपेन्द्र यादवलाई गृहजिल्लामै जनताबाट यस्तोसम्म दुर्व्यवहार भयो !

    राजविराज – जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई गृह जिल्लामै दुब्र्यवहार भएको छ। आक्रोसित स्थानीयवासीले यादवलाई ठग र लुटेराको संज्ञा दिएका छन् । 

    जसपाले कार्तिक १ देखी ५ गतेसम्म आयोजना गरेको कार्यकर्ता भेटघाटको पहिलो दिन अर्थात १ गते छिन्नमस्ता गाउँपालिका–३ मा कार्यक्रमकोे आयोजना गरिएको थियो । कार्यक्रममा अध्यक्ष उपेन्द्रसंगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साह र प्रदेश सभा सदस्य मनिष सुमन समेत उपस्थित थिए।

    सञ्चालक किशोरकुमार यादबले कार्यक्रमको सुरुवात गरेपछि जव फ्लोर ओपन गरियो, तव स्थानीय कार्यकर्ता उपेन्द्र माथि खनिए । वोल्ने पालो पाएका स्थानिय रमेश सदाले सम्वोधन समेत नगरी उपेन्द्रको नाम लिएर मधेशलाई ठग्न र लुटन आएको बताए। सदाले अन्य तीन जनालाई पनि सोही आसयमा आरोप लगाएपछि हो–हल्ला सुरु भएको थियो ।

    undefined

    त्यसपछि उपेन्द्रका कार्यकर्ताले सदाले समाएको माईक खोसे। त्यसपछि कार्यक्रमको माहौल अझै उग्र भएको थियो । कार्यक्रम अब्यवस्थित हुन थालेपछि स्थानीय दलित समूदायका महिलाहरुले कार्यक्रम नै वहिस्कार गरेका थिए ।

    undefined

    दलित महिलाहरुले कार्यक्रम वहिस्कार गरेर हिडेपछि वाँकी रहेका नेता÷कार्यकर्ताहरुले गालिगलौज सुरु गरेका थिए । स्थानिय नेता तथा जनता समाजवादी पार्टीका जिल्ला इन्र्चाज समेत रहेका सत्यनारायण यादबले सदालाई निसाना बनाएर गालि गलौज गरेको दलित समुदायका ब्यक्तिहरुले जनाएका छन् ।

    undefinedundefinedundefined

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०५:४३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend