काठमाडौं – विजयादशमीको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा आज बुधवार कर्णाली प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा गरेको छ ।
कोजाग्रत पूर्णिमा हिजो मंगलवार भएपनि पूर्णिमा व्रत तथा कात्तिक स्नान बुधबारदेखि सुरू हुने भएकाले प्रदेश सरकारले बुधवार बिदा दिएको छ ।
विक्रम संवत् २०७८ वैशाख १७ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले असोज शुक्ल पूर्णिमाको अवसरमा कात्तिक ३ गते बिदा दिने निर्णय गरेको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्थामा बिदा लागू हुने बताएको छ ।
पूर्णिमाकै अवसरमा स्याङ्जाको बिरुवा गाउँपालिकाले बुधवार सार्वजनिक बिदा दिएको छ । बिरुवा–७ मा अवस्थित मनकामना मन्दिरमा कोजाग्रत पूर्णिमाका अवसरमा गरिने पञ्चबलि पूजालाई स्थानीय पर्वका रुपमा मनाउनका लागि आज बुधबार सार्वजनिक बिदा दिइएको गाउँपालिकाका अध्यक्ष चुनप्रसाद शर्माले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।