आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि यत्रो तामझाम !

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि यत्रो तामझाम !

  • मिडिया डबली
  • मंगलवार, कार्तिक २ २०७८

  • 3.5K
    SHARES

  • राष्ट्रपति विद्यादेवी भण्डारीका लागि यत्रो तामझाम !

    काठमाडौं – कोजाग्रत पूर्णिमाको दिनमा भक्तपुरस्थित नवदूर्गा मन्दिरमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि भक्तपुरमा तामझाम देखिन थालेको छ ।

    राष्ट्रपति भण्डारी आउनुअघि जिल्ला प्रशासन कार्यालय भक्तपुरको निर्देशनमा मंगलबार अरनिको राजमार्ग सडकखण्ड अन्तर्गत तीनकुने सल्लाघारीदेखि सूर्यविनायक हुँदै जगातीसम्मको सडक सरसफाई गरिएको छ ।  

    नेपाली सेना, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नेपाल रेडक्रस सोसाइटी, भक्तपुर नगरपालिका र नेप्से म्याकको सहभागितामा सडक सरसफाई गरिएको हो । सरसफाईमा संकलन गरिएका फोहोर भक्तपुर नगरपालिका र नेप्से म्याकको गाडीमा राखेर लगिएको छ ।

    सफाई गर्ने क्रममा सल्लाघारीको सूर्य कोल्ड स्टोरले पसल अगाडि सडकमा फालेको फोहोर नेपाल रेडक्रस सोसाइटी भक्तपुरको टोलीले उठाएको छ । रेडक्रस सोसाइटी भक्तपुरका संयोजक कृष्णगोपाल लागेजूले फोहोर उठाउँदै सडकमा फोहर नफाल्न आग्रह गरेका छन् ।

    रेडक्रस जिल्ला सदस्य रामेश्वर थापाले व्यवसाय गर्ने अनि फोहोर सडकमा फाल्ने र सफाई गर्न आउने अभियन्तालाई सहयोग नगरी उल्टै टुलुटुलु हेर्ने प्रवृत्ति नै खराब रहेको बताएका छन् ।  

    विभिन्न व्यवसाय गर्ने व्यसवायीले नै सडकमा अधिकांश फोहोर फाल्ने गरेको स्थानीयले जनाएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, मंसिर २१ २०७७०७:०१:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend