आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भोलि देशभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय

भोलि देशभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय

  • मिडिया डबली
  • सोमवार, कार्तिक १ २०७८

  • 5.4K
    SHARES

  • भोलि देशभर सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकको निर्णय

    काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बसेको मन्त्रिपरिषद् बैठकले भोलि कात्तिक २ गते मंगलबार मुस्लिम समुदायलाई देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

    मोहम्मद जयन्ती १४९६ को अवसरमा मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

    मन्त्रिपरिषद् बैठकले साफ खेलेर फर्किएका नेपाली फूटबल टोलीका खेलाडीलाई प्रतिव्यक्ति ५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ ।

    सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले साफ उपविजेता बनेर नेपाल फर्किएको नेपाली फूटबल टोलीका खेलाडीलाई प्रतिव्यक्ति ५/५ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

    बैठकले फूटबल टोलीको प्रशिक्षकलाई प्रतिव्यक्ति ३ लाख प्रोत्साहन रकम उपलब्ध गराउने भएको प्रवक्ता कार्कीले जानकारी दिए ।

    मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा सहभागी हुने प्रतिनिधिमण्डल गठन गर्ने निर्णय पनि गरेको छ । 

    बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संसोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले बताएका छन् । 

    बैठकले अबुधाबी डाइलगको छैटौं मन्त्रीस्तररीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृत दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले पत्रकार सम्मेलनमार्फत जनाएका छन् ।

    उनले भने, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वल्र्ड लिडर समिटमा सहभागी हुने प्रतिनिधि मण्डल गठन गर्ने, आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने, मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक विदा दिइने, साफ च्याम्पियनसिप प्रतियोगितामा उपविजेता भएका नेपाली फूटबलका खेलाडीहरु प्रति खेलाडी ५ लाख रुपैयाँ र प्रशिक्षकलाई ३ लाख रुपैयाँका दरले प्रोत्साहन रकम उपलब्ध गराउने, अबुधाबी डाइलगको छैटौं मन्त्रीस्तररिय परामर्श बैठकमा सहभागी हुन माननीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीलाई स्वीकृत दिने, विभिन्न मन्त्रालयमा अस्थायी दरबन्धी सिर्जना गर्न स्वीकृत दिने निर्णय गरेको छ ।’

    प्रवक्ता कार्कीले मन्त्रिपरिषद्को बैठकले लोकसेवा आयोग तथा बढुवा समितिको सिफारिस बमोजिम राजपत्रांकित प्रथम श्रेणीका विभिन्न पदहरूमा नियुक्ति गर्ने निर्णय पनि गरेको जानकारी दिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २४ २०७७१०:०४:२७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend