आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपालले देखाइछाडे नातावाद : कान्छा भाइलाई पार्टीमा दिए ठूलो पद, भान्जा मनोनित !

माधव नेपालले देखाइछाडे नातावाद : कान्छा भाइलाई पार्टीमा दिए ठूलो पद, भान्जा मनोनित !

  • मिडिया डबली
  • सोमवार, कार्तिक १ २०७८

  • 4.3K
    SHARES

  • माधव नेपालले देखाइछाडे नातावाद : कान्छा भाइलाई पार्टीमा दिए ठूलो पद, भान्जा मनोनित !

    काठमाडौं – सत्तारुढ नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नातावाद देखाएका छन् ।

    अध्यक्ष नेपालले सहोदर कान्छा भाइ सरोजकुमार उपाध्यायलाई सोझै पार्टीको केन्द्रीय सदस्य बनाएका हुन् ।

    नेकपा एमालेबाट विभाजित भई नयाँ खुलेको पार्टीमा विधि, पद्धति र मापदण्ड विना केन्द्रीय सदस्य मनोनित गरेको भनेर असन्तुष्टि समेत बढेको छ । यस्तो बेला अध्यक्ष नेपालले भाइलाई वैकल्पिक केन्द्रीय सदस्य बनाएका छन् ।

    इन्जिनीयरिङ क्षेत्रमा कार्यरत रहेका सरोजलाई एस पार्टीमा विज्ञान प्रविधि विभाग प्रमुखको जिम्मेवारी समेत दिइएको छ । पार्टीमा केन्द्रीय विभागको प्रमुखको जिम्मेवारीलाई ठूलो पद मानिन्छ ।

    अध्यक्ष नेपालका भाइको नाम केन्द्रीय कमिटीको ३२३ औं नम्बरमा राखिएको छ । अध्यक्ष नेपालका भान्जा नितेश पौडेललाई समेत केन्द्रीय परिषद् सदस्य मनोनित गरिएको छ ।

    स्व. मंगलप्रसाद उपाध्यायका ३ छोरामध्ये माधव नेपाल जेठा छोरा हुन् । माइला भाइ विनोदकुमार उपाध्यायलाई नेता नेपालले आफू प्रधानमन्त्री भएका बेला हङकङको महावाणिज्यदूत बनाइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend