आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेसका मनकारी नेता बानियाँ, मानव सेवा आश्रमलाई १ लाख आर्थिक सहयोग

कांग्रेसका मनकारी नेता बानियाँ, मानव सेवा आश्रमलाई १ लाख आर्थिक सहयोग

  • मिडिया डबली
  • सोमवार, कार्तिक १ २०७८

  • 4.2K
    SHARES

  • कांग्रेसका मनकारी नेता बानियाँ, मानव सेवा आश्रमलाई १ लाख आर्थिक सहयोग

    काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मकवानपुर जिल्ला सभापति इन्द्रबहादुर बानियाँले मानव सेवा आश्रमलाई आर्थिक सहयोग प्रदान गरेका छन् । 

    नेता बानियाँले आफ्नो सेवासुविधाबापत प्राप्त रकममध्ये १ लाख रुपैयाँ मानव सेवा आश्रमलाई सहयोग गरेका छन् ।

    सहयोग रकम आश्रमका संस्थापक केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई हेटौंडा आश्रममा पुगेर हस्तान्तरण गरिएको छ ।

    मानवीय सेवामा अनुकरणीय काम गरिरहेको आश्रममा आश्रितहरुको सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले आफ्नो सेवासुविधा बापतको रकम हस्तान्तरण गरेको बानियाँले जानकारी दिए ।

    आश्रमले परिवारबाट विछोड भएका, मानसिक रुपमा विक्षिप्त, शारीरिक रुपमा अशक्त र सडकमा कठिन जीवन बिताउने क्रममा जन्मिएका र अलपत्र भेटिएका शिशुको गाँसबास, उपचार एवं वृत्तिविकास र पुनर्मिलनमा गरेको कार्य मानवताको उच्चतम उदाहरण भएको बताउँदै निरन्तर सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

    आश्रम र संस्थापक अध्यक्ष रामजी अधिकारीसहित आश्रम परिवारको कामको नेता बानियाँले प्रशंसा गरे । बानियाँले आश्रममा आश्रित अग्रजबाट टीका ग्रहण गर्नुका साथै बालबालिकालाई दशैंको टीका समेत लगाइदिएका छन् । नेता बानियाँले आश्रमलाई नियमित सहयोग गर्दै आएका जनाइएको छ ।

    245886610_415454793487764_2927708911926277891_n.jpg

    प्रदेशसभा सदस्य बानियाँबाट प्राप्त सहयोग आश्रममा आश्रितहरुको गाँसबास र उपचारमा सदुपयोग गर्ने अधिकारीले जानकारी दिए ।

    बानियाँले केही दिनअघि मकवानपुरको भीमफेदी कारागारमा रहेका कैदीबन्दीलाई दशैं मनाउन ६० हजार रुपैयाँ सहयोग गरेका थिए । सांसद भएबापत प्राप्त सेवासुविधालाई नेता बानियाँले सामाजिक हितमा खर्चिंदै आइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend