काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग नाम जोडिएर विवाद बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएको मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकिएको छ ।
सोमबार राष्ट्रपतिको कार्यालय शितलनिवासले विज्ञप्ति जारी गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी तोकेको जनाएको छ ।
निवर्तमान मन्त्री हमालले आईतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका थिए ।
गत शुक्रबार मन्त्री नियुक्त भएका हमाल प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको कोटामा नियुक्त भएको भन्दै चौतर्फी आलोचना भएपछि हमालले राजीनामा दिएका हुन् ।
राष्ट्रपति कार्यालयको विज्ञप्तिमा गजेन्द्रबहादुर हमालले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएकोले प्रधानमन्त्रीको सिफारिसमा उद्योग मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई नै तोकिएको जनाइएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।