आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस नेता बानियाँलाई बागमतीको मुख्यमन्त्री बनाएरै छाड्ने चट्टानी अडान !

कांग्रेस नेता बानियाँलाई बागमतीको मुख्यमन्त्री बनाएरै छाड्ने चट्टानी अडान !

  • मिडिया डबली
  • सोमवार, आश्विन २५ २०७८

  • 8.7K
    SHARES

  • कांग्रेस नेता बानियाँलाई बागमतीको मुख्यमन्त्री बनाएरै छाड्ने चट्टानी अडान !

    काठमाडौं – बागमती प्रदेशमा नेकपा एमालेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि अब नयाँ मुख्यमन्त्री चयनको अभ्यास थालिएको छ । जसमा नेपाली कांग्रेसले जबरजस्त दाबी पेश गरेको छ ।

    अर्काेतिर एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी (एस) पार्टीका उपाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे बागमतीको मुख्यमन्त्री बन्ने दौडमा छन् । 

    एस पार्टीले केन्द्रमा बागमतीमा आफूले मुख्यमन्त्री पाउने सहमति भएको दाबी गरिरहँदा कांग्रेसले लिखित सहमति देखाउन चुनौती दिएको छ । यसपालि कांग्रेस बागमती प्रदेशको मुख्यमन्त्री नछाड्ने मूडमा देखिँदैछ ।


    अल्पमतमा परेकी मुख्यमन्त्री शाक्यले आईतबार प्रदेश सभामा विश्वासको मत लिने प्रस्ताव राखिन् तर निर्णयार्थ पेश भएन । अब कात्तिक ४ गते बस्ने बैठकमा प्रस्ताव निर्णयार्थ पेश हुने र शाक्यको सरकार ढल्ने निश्चितजस्तै छ । त्यसपछि कांग्रेसको प्रदेशसभा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँलाई मुख्यमन्त्री बनाउने निर्णय आईतबारको संसदीय दलको बैठकले गरेको छ । तर एस पार्टीका नेता पाण्डेले समेत केन्द्रको सहमति भन्दै मुख्यमन्त्री बन्ने कोसिस गरिरहेका छन् ।

    प्रदेश राजधानी हेटौंडामा आईतबार बसेको प्रदेशस्थित कांग्रेस संसदीय दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलका नेता बानियाँले मुख्यमन्त्रीका लागि शेरबहादुर देउवासँग लबिङ गर्दै आएका छन् ।

    कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव निमा लामाले पाण्डेलाई मुख्यमन्त्री बनाउन गरेको सहमतिपत्र देखाउनुपर्ने अडान लिए । कांग्रेसले समेत मुख्यमन्त्रीमा दाबी गरिरहेकाले सहमति भयो भनेर मात्र नहुने लामाको तर्क रहेको छ ।

    उनले भने, ‘प्रदेशमा गठबन्धनकै सरकार बन्ने हो । हामीले पनि मुख्यमन्त्रीमा दाबी गरिरहेका छौं । पाण्डेज्यूलाई मुख्यमन्त्री बनाउने सहमति केन्द्रमा भएको भए पत्र देखाउनुपर्‍यो नि !’ 

    कांग्रेस सचेतक छिरिङ दोर्जे लामाले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नुपर्ने अडान नछाडेको बताए । पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति लिखित रुपमै आउनुपर्ने लामाले बताएका छन् ।

    उता, माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल समेत कांग्रेसकै नेतृत्वमा सरकार बनोस् भन्ने पक्षमा रहेको स्रोतले दाबी गरेको छ । नेता जमकट्टेल कांग्रेस नेता बानियाँको पक्षमा रहेका छन् । 

    बागमती प्रदेशमा सरकार बनाउन ५५ मत आवश्यक पर्छ । माओवादी, कांग्रेस र एकीकृत समाजवादीको जोड्दा ५८ मत पुग्छ । प्रदेश सभामा माओवादीसँग २३, कांग्रेससँग २२ र एकीकृत समाजवादीसँग १३ मत रहेको छ । प्रदेश सभामा ७ दलको प्रतिनिधित्व रहेको छ । सत्तारुढ दल एमालेसँग ४३, विवेकशील साझा पार्टीसँग ३, राप्रपासँग २, नेपाल मजदुर किसान पार्टीसँग २ र १ स्वतन्त्र सांसद रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend