आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

अमेरिकासँग राम्रो सम्बन्ध स्थापित गर्न नसकेको भन्दै वाशिङ्टनस्थित पाकिस्तानी राजदूतलाई चेतावनी

अमेरिकासँग राम्रो सम्बन्ध स्थापित गर्न नसकेको भन्दै वाशिङ्टनस्थित पाकिस्तानी राजदूतलाई चेतावनी

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २२ २०७८

  • 4.9K
    SHARES

  • अमेरिकासँग राम्रो सम्बन्ध स्थापित गर्न नसकेको भन्दै वाशिङ्टनस्थित पाकिस्तानी राजदूतलाई चेतावनी

    इस्लामावाद - पाकिस्तानी विदेश मन्त्रालयले वाशिङ्टनस्थित आफ्नो राजदूतलाई चेतावनी पत्र पटाएको छ। 

    पाकिस्तानी विदेश मन्त्रालयले वाशिङ्टनस्थित राजदूत डा. असद मजेद खानलाई एक पत्र पठाउँदै आवश्यक कूटनीतिक रणनीतिहरुमार्फत अमेरिकासँग सम्बन्ध सुधार गर्न चेतावनी दिइएको हो। 

    पत्रमा पाकिस्तानी प्रधानमन्त्री कार्यालय र अमेरिकी राष्ट्रपति कार्यालयबीच कूटनीतिक सञ्चारका लागि आवश्यक वातावरण मिलाउन दूतावास असफल भएको बताइएको छ। 

    अफगानिस्तानको युद्धग्रस्त अवस्थालाई सुधार गर्न पाकिस्तानले महत्त्वपूर्ण भूमिका खेलेभए पनि अमेरिकाले पाकिस्तानी नेतृत्वप्रति हेर्ने दृष्टिकोणमा भने कुनै परिवर्तन नआएको पनि बताइएको छ। यसका लागि दूतावासको कमजोरी नै जिम्मेवार भएक ठहर गरिएको छ। 

    यस्ता घटनाले वाशिङ्टनमा पाकिस्तानी कूटनीति कमजोर रहेको र त्यसको परिणाम ह्वाइटहाउसको पाकिस्तानप्रतिको दृष्टिकोण पनि अपरिपक्व भएको बताइएको छ। 

    विदेश मन्त्रालयले पाकिस्तानका सम्पूर्ण कूटनीतिक मञ्चहरुको प्रयोग गरेर वाशिङ्टनसँगको सम्बन्ध सुधारका लागि पहल गर्ने निर्देशन दिएको हो। 

    अमेरिकाले अफगानिस्तानमा तालिबानलाई पाकिस्तानले सहयोग गरेको आरोप लगाइरहेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend