आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

यी ४ जनालाई मन्त्री बनाउने जसपाको निर्णय, उपेन्द्र यादवविरुद्ध बढ्यो आक्रोश

यी ४ जनालाई मन्त्री बनाउने जसपाको निर्णय, उपेन्द्र यादवविरुद्ध बढ्यो आक्रोश

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २२ २०७८

  • 5.3K
    SHARES

  • यी ४ जनालाई मन्त्री बनाउने जसपाको निर्णय, उपेन्द्र यादवविरुद्ध बढ्यो आक्रोश

    काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने नामको टुंग्याएको छ ।

    पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईले छलफल गरेर मन्त्रीको नामको टुंगो लगाएका हुन् ।
     
    केन्द्रीय कार्यकारिणी समितिका सदस्य मोहमद इस्तियाक राईका अनुसार राजेन्द्र श्रेष्ठको नेतृत्वमा मन्त्रीहरु पठाउने निर्णय भएको छ । राईका अनुसार श्रेष्ठ, रेणु यादव, रामसहाय यादव र प्रमोद साह मन्त्री बन्ने टुंगो लागेको छ ।

    सत्तारुढ गठबन्धनबीच जसपाले ४ मन्त्री र १ राज्यमन्त्री पाउने सहमति बनेको छ ।

    पार्टीभित्र बाँडफाँटमा उपेन्द्र यादवले एकलौटी गरेकोमा असन्तुष्टि देखिएको छ । पार्टीको राम्रो जनाधार भएको लुम्बिनी प्रदेशबाट मन्त्री नबनाएको भन्दै आक्रोश बढेको छ । पार्टीको जनाधार नभएको क्षेत्रबाट श्रेष्ठलाई मन्त्री बनाइएकोमा समेत असन्तुष्टि देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २० २०७७०५:४३:५२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend