आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामकुमारी झाँक्री स्वास्थ्य मन्त्री, कुन नेतालाई कुन मन्त्रालय ? (नामसहित)

रामकुमारी झाँक्री स्वास्थ्य मन्त्री, कुन नेतालाई कुन मन्त्रालय ? (नामसहित)

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २२ २०७८

  • 5.7K
    SHARES

  • रामकुमारी झाँक्री स्वास्थ्य मन्त्री, कुन नेतालाई कुन मन्त्रालय ? (नामसहित)

    काठमाडौं – सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) पार्टीले मन्त्री हुने नेताको नाम र मन्त्रालय टुंगो लगाएको छ ।

    एकीकृत समाजवादीबाट विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ मन्त्री र भवानी खापुङ राज्यमन्त्री बन्ने भएका छन् ।

    पार्टीबाट मन्त्री हुनेहरुको अन्तिम टुंगो लगाइएको नेकपाका एकीकृत समाजवादी स्रोतले जनाएको छ । नयाँ मन्त्रीको शपथ आज शुक्रबार हुने भएको छ ।

    नेता खतिवडा शहरी विकास मन्त्री हुने भएका छन् । मकवानपुरबाट निर्वाचित खतिवडा एसबाट मन्त्री हुनेमध्ये सबैभन्दा पुराना नेता रहेका छन् ।

    खतिवडा २०४८, २०५१, २०५६ र २०७४ गरी ४ पटक सांसद निर्वाचित भइसकेका छन् । नेत्री झाँक्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् । विद्यार्थी आन्दोलनबाट स्थापित झाँक्री एसकी सचिव रहेकी छन् ।

    नेकपा एमालेमा अन्तरसंघर्ष हुँदादेखि पार्टी गठनसम्म झाँक्रीले माधव नेपाललाई बलियो साथ दिँदै आएकी छन् । नेत्री झाँक्री अनेरास्ववियूको पूर्व अध्यक्ष समेत हुन् । झाँक्री अनेरास्ववियूको अध्यक्ष बन्ने पहिलो महिला नेत्री हुन् ।

    नेता आलेलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । आले २०७० सालमा पनि सांसद बनेका थिए । २०७७ पुस १० गते वन मन्त्री बनेका आले २०७८ जेठमा सरकारबाट बाहिर गरिएका थिए ।

    नेता श्रेष्ठले श्रम तथा रोजगार मन्त्रीको जिम्मेवारी पाउने भएका छन् । तनहुँबाट निर्वाचित सांसद श्रेष्ठ २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउँदै सांसद बनेका हुन् ।

    तेह्रथुम जिल्लाबाट निर्वाचित सांसद भवानी खापुङ राज्यमन्त्री बन्ने भएकी छन् । खापुङको मन्त्रालयको टुंगो लागिसकेको छैन । उनलाई स्वास्थ्य वा पर्यटन राज्यमन्त्रीमध्ये एक बनाउने तयारी रहेको एकीकृत समाजवादी स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend