श्रीनगर - अर्शीद अशरफको हत्याको खबर फैलिएपछि उत्तरी काश्मीरको कुपवाडा शहरबाट २० किलोमिटर टाढा रहेको कलमूना गाउँमा आइतबार दिउँसो शोक छायो। २७ वर्षीय अर्शीदलाई दिउँसो अज्ञात बन्दुकधारीले गोली हानी हत्या गरेका थिए। उनी खन्यार पुलिस स्टेशनमा तैनात एक प्रोबेशनरी सब इन्स्पेक्टर थिए।
अर्शीदको हत्याले पुलिसकर्मीहरुमा चिन्ता पनि पैदा गरेको छ। यस वर्ष दुई दर्जन सुरक्षाकर्मी लडाइँ र आतंकवादी हमलामा मारिएका छन्।
जेकेपी आपराधिक अनुसन्धान विभागका एक गुप्तचर अधिकारीका अनुसार बेलुका नमाज पढ्न मस्जिद जाने क्रममा आतंकवादी समूहले उनको हत्या गरेका थिए। घटना सीसीटीभी क्यामेरामा कैद भएको थियो।
आधिकारिक आंकडा अनुसार श्रीनगर र यसको बाहिरी इलाकामा पाँचभन्दा बढी आतंकवादी सक्रिय छैनन्। तर सुरक्षा प्रतिष्ठानका धेरै कार्यालयहरूले सहरमा हिंसा बढ्ने चेतावनी दिएका थिए।
उनको घरमा, कलमूनामा, अर्शीदका बुबा मुहम्मद अशरफ, एक स्कूलका शीक्षक हुन्। अर्शिदका साथी जुनैदले खबर आए पछि अशरफ बेहोस भएको बताएका छन्। घटनाको अनुसन्धान भइरहेको बताइए पनि हालसम्म दोषी पत्ता लगाउन सकेका छैनन्।
प्रहरीले उक्त हत्यामा पाकिस्तानी मिलिसियाहरुको हात रहेको जनाइएको छ। मिलिसियाहरुले पछिल्लो समय उक्त क्षेत्रमा आतंकवादी गतिविधिहरु बढाउँदै लगेको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।