शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

बालुवाटारबाट हटाएको बदला लिएरै छाड्यो बालकोटले

बालुवाटारबाट हटाएको बदला लिएरै छाड्यो बालकोटले

  • मिडिया डबली
  • मंगलवार, आश्विन १९ २०७८

  • 20.3K
    SHARES

  • बालुवाटारबाट हटाएको बदला लिएरै छाड्यो बालकोटले

    काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग एमाले अध्यक्ष केपी ओलीले आखीरमा बदला लिएरै छाडेका छन् । आफूलाई बालुवाटारबाट हटाउन परमादेश दिएको रिस ओलीले जबरामाथि तीन महिनापछि पूरा गरेका छन् ।

    सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु भनेर परमादेश नदिएको भए आफू पूरा कार्यकाल प्रधानमन्त्रीमा रहने ओलीको अपेक्षा थियो ।

    तर, व्यक्ति र समय किटानी गरेर परमादेश जारी गरेपछि आफू बालुवाटार छाड्न बाध्य हुनुपरेको निष्कर्ष ओलीले निकालेका थिए । सोही कारण उनी उपयुक्त मौकाको पर्खाइमा थिए ।

    एमाले विधान महाधिवेशन सकिएलगत्तै ओलीले विशेष दूत परिचालन गरेर प्रधानन्यायाधीश जबरासँग पहिले भएका आन्तरिक कुराकानी र सहमति मिडियामा छताछुल्ल पारिदिए ।

    ओलीका विशेष दूतले कान्तिपुर दैनिक प्रयोग गरेर अन्ततः प्रधानन्यायाधीशलाई नै विवादमा पारिदिएका छन् । गत मंसिर पुसमा संवैधानिक अंगमा नियुक्ति गर्न ओलीले प्रधानन्यायाधीश जबरालाई प्रयोग गरेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका थिए ।

    जसअनुसार ओलीले सबै संवैधानिक अंगमा आफ्ना पार्टीका कार्यकर्ता भर्ना गरे । त्यसबेला ओली र जबराबीच अन्तरंग कुराकानीसमेत हुने गरेको चर्चा चलेको थियो ।

    नत्र विपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बहिष्कार गरेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्याायाधीश किन गए ? भन्ने प्रश्न अनुत्तरित नै छ ।

    संवैधानिक अंगमा पदाधिकारी नियुक्तिका बेला प्रधानन्याधीश जबराले ओली सरकारका बेला आफ्ना नातेदारलाई मन्त्री बनाउन खोजेको सूचना अहिले चुहाएको स्रोतले बतायो ।

    त्यसबेला प्रधानन्यायाधीश जबराले आफ्ना भिनाजु केशवप्रसाद (केपी) उप्रेतीलाई मन्त्री बनाउन प्रस्ताव रोखेको भनेर मिडियामा समाचार प्रवाह गरिएको छ ।

    ओलीले संसद् भंग गरेकाले सरकार केयर टेकर थियो । मन्त्री बन्न सांसद नै चाहिँदैनथ्यो । त्यहीबेला उनले ओलीसँग प्रस्ताव हुनसक्ने बुझिएको छ । तर, अहिले प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री देउवासँग मन्त्रीको कोटा मागेको कतैबाट पुष्टि भएको छैन ।

    तर, १० महिना अगाडिको प्रस्तावलाई अहिले पनि मागियो होला भन्ने किसिमले समाचार प्रवाह गराउनुमा एमाले नेता ईश्वर पोखरेल र सुवासचन्द्र नेम्वाङको हात रहेको बुझाई जबराका आफन्तले निकालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend