काठमाडौं - कम्युनिस्ट व्यवस्था स्वभावैले तानाशाही हुन्छ । उसले आफ्नो नेताको विकास यसरी गर्छ कि उसलाई भगवान नै बनाइन्छ ।
चीनमा सी जिन पिङ, उत्तर कोरियामा किम जोन उन, क्युबामा फिडेल क्यास्ट्रोलाई भगवानकै रूपमा विकास गरियो । त्यही अवस्था अहिले नेपालमा एमाले अध्यक्ष केपी ओलीलाई मूर्तिकै रूपमा पूजा गर्ने गरिएको छ ।
हिजो १० वर्षे सशस्त्र द्वन्द्वकालमा माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डको यसरी नै स्तुतिगान गाउने गरिन्थ्यो । पछि आएर प्रचण्ड नै नेपाली राजनीतिलाई अस्थिर बनाउने पात्रका रूपमा स्थापित भए ।
अहिले ओलीलाई एमाले नेता कार्यकर्ताले त्यस्तै भगवानका रूपमा चर्चा परिचर्चा गरेका छन् । मानौं कि ओलीविना एमाले भन्ने पार्टी अघि बढ्न सक्दैन ।
यस्तै, दृश्य ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान माधिवेशनमा देखियो । विगतमा एमालेको आदर्श नेताका रूपमा पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीलाई लिइन्थ्यो । तर, अबदेखि यी तीन नेता एमालेको आदर्श नेता रहेनन् । उनीहरूलाई ओलीले छायाँमा पारिदिएका छन् ।
जबकि ओलीले कम्युनिस्ट पार्टीको सिद्धान्त र व्याख्या केही गरेका छैनन् । मदन भण्डारीको जनताको बहुदलीय जनवादको नारा लगाउने अनि केपी ओलीको गुणगान र भक्तिगान गाउने प्रवृत्ति एमालेमा देखिएको छ ।
राजनीतिक विश्लेषकहरू एमाले कार्यकर्ताको यस्तो प्रवृत्तिलाई नेतृत्वको चाप्लुसी गरेर नियुक्ति र अवसर पाउन गरिएको प्रपञ्च भन्ठान्छन् । अहिले ओलीको जसरी व्यक्तिपूजा यसअघि प्रचण्डको पनि गरिएको थिएन ।
हिजो प्रचण्डको व्यक्तिपूजा गर्दा एमाले नेता कार्यकर्ताले त्यसको विरोध गरेका थिए । अहिले तिनै एमाले नेता कार्यकर्ता ओलीकै गुणगान र व्यक्तिपूजा गर्न थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।