काठमाडौं – सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपाल ५ दिनको अस्पताल बसाइपछि निको भएर घर फर्किएकाका छन् ।
अध्यक्ष नेपालको निजी सचिवालयले अध्यक्ष नेपाल स्वास्थ्यलाभ गरी सोमबार बिहान घर फर्किएका जानकारी दिएको छ ।
अध्यक्ष नेपाल डिस्चार्ज भएर घर फर्के पनि स्वास्थ्य संवेदनशीलताका कारण केही दिन भेटवार्ता र बाहिरी कार्यक्रममा सहभागी नहुने सचिवालयले जनाएको छ ।
चिकित्सकको सल्लाह अनुसार नै नेपाल केही दिन घरमै आराम गर्ने भएका छन् । रुघाखोकी, ज्वरो लगायत स्वास्थ्यमा समस्या आएपछि अध्यक्ष नेपाललाई असोज १३ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।