काठमाडौँ - चर्चित गायक तथा गीतकार अर्जुन गैह्रे र गायिका सुनिता बुढा क्षेत्रिको आवाजमा लोकदोहोरी गीत 'धुलो खाएर...' रिलिज भएको छ । छोटो समयमा नै चर्चा बटुल्न सफल गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले बजारमा रिलिज गरेको हो ।
अर्जुनगैह्रेको लय तथा शब्दमा रहेको गीतमा आशिष अविरलको संगीत संयोजन रहेको छ भने मनोज परियारको रेकडिस्ट रहेको छ । प्रकाश भट्टको निर्देशनमा तयार पारिएको भिडिओमा मोडल अन्जली अधिकारि र लोमश शर्माको दमदार अभिनय देख्न सकिन्छ ।
भिडिओमा नबराज उप्रेतीको छायांकन रहेको छ भने बिष्णु शर्माले सम्पादन गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।