बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

केपीके प्रान्तमा सिख समुदाय लक्षित हत्याको क्रम चरम सीमामा

केपीके प्रान्तमा सिख समुदाय लक्षित हत्याको क्रम चरम सीमामा

  • मिडिया डबली
  • शनिवार, आश्विन १६ २०७८

  • 3.9K
    SHARES

  • केपीके प्रान्तमा सिख समुदाय लक्षित हत्याको क्रम चरम सीमामा

    पाकिस्तान – पाकिस्तानको खैबर पख्तुनख्वा (केपीके) प्रान्तमा अल्पसंख्यक सिख समुदाय लक्षित हत्याको क्रम चरम सीमामा पुगेको छ ।

    बिहीवार फेरि एक युवा युनानी चिकित्सक सतनाम सिंहको हत्या भएको छ ।

    मिडिया रिपोर्टका अनुसार विगत ७ वर्षमा केपीकेमा उग्रवादीहरूले १३ सिखहरूको हत्या गरेका छन् । हत्या हुने एक मुख्यमन्त्री परवेज खान खट्टकका पूर्व सल्लाहकार डा. स्वर्ण सिंह पनि हुन् ।

    त्रासका कारण थुप्रै सिख परिवार बसाइसराई गर्ने बाध्य भएका छन् ।

    स्व. हाकिम सतनाम सिंह आफ्नो क्लिनिकमा थिए जब बिहीबार केही अज्ञात व्यक्तिहरूले उनको गोली हानी हत्या गरे । घटनाले केपीकेको सिख समुदायलाई थप त्रासमा पारेको छ । विश्वभरि सिख नेतृत्वबाट यस हत्याको व्यापक निन्दा भएको छ ।

    पाकिस्तानका एक मात्र सिख सान्सद गुरदीप सिंहले शुक्रबार सिनेटमा सिख समुदायको लक्षित हत्याको मुद्दा उठाएका थिए । सभामुख मुहम्मद सादिक संज्रानीले पुलिस महानिरीक्षकलाई सतनाम सिंहको हत्याको बारेमा रिपोर्ट पेश गर्न निर्देशन दिए ।

    गुरदीप सिंहले भने, ‘मलाई थाहा छैन सतनाम सिंहको हत्याको पछाडि को थियो तर यो पक्का छ कि बदमाश तत्वहरु अल्पसंख्यक समुदायहरुलाई सिध्याउन चाहन्छन् ।’ उहाँले सतनामको हत्या पनि एक लक्षित हत्या भएको ठोकुवा गरे ।

    पाकिस्तानी सिख अधिकारकर्मी रादेश सिंह टोनीले दाबी गरे कि एक सन्देश सोशल मिडियामा प्रसारित भइरहेको छ जसमा इस्लामिक स्टेट–खोरासान (आईएसआईएस–के) ले सतनाम सिंहको हत्याको जिम्मेवारी लिएको छ ।

    भारतमा सिख नेतृत्वले सतनाम सिंहको हत्याको निन्दा गरेको छ र पाकिस्तान सरकारलाई सिखहरुको सुरक्षा सुनिश्चित गर्न र सतनाम सिंहका हत्याराहरू विरुद्ध कडा कारबाही गर्न आग्रह गरेको छ ।

    पञ्जाबका पूर्व मुख्यमन्त्री क्याप्टन अमरिन्दर सिंहले भने, ‘पेशावरमा हकीम सतनाम सिंहको क्रूर हत्याको निन्दा र पाकिस्तानले यस विषय ठोस कदन चाल्न आवश्यक छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend