आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

माधव नेपाललाई ज्वरोसँगै अर्काे समस्या, चिकित्सकले दिए यस्तो सल्लाह !

माधव नेपाललाई ज्वरोसँगै अर्काे समस्या, चिकित्सकले दिए यस्तो सल्लाह !

  • मिडिया डबली
  • बुधवार, आश्विन १३ २०७८

  • 4.2K
    SHARES

  • माधव नेपाललाई ज्वरोसँगै अर्काे समस्या, चिकित्सकले दिए यस्तो सल्लाह !

    काठमाडौं – सत्तारुढ दल नेकपा एकीकृत समाजवादी (एस) पार्टीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा ज्वरोसँगै अर्काे समस्या पनि देखिएको छ ।

    स्वास्थ्य परीक्षणका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका अध्यक्ष नेपालमा ज्वरोसँगै खोकी समेत रहेको छ ।

    अध्यक्ष नेपालको सचिवालयले भनेको छ, ‘नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालज्यू ज्वरो र खोकीको समस्याका कारण आज त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरुको सल्लाह रहेको छ ।’

    अध्यक्ष नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको जनाइएको छ । 

    स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको अध्यक्ष नेपालको निजी सचिवालयले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०७:२२:३८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend