काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संसद बैठकबाट पारित भएका २ विधेयक प्रमाणीकरण गरेकी छन् ।
आज बुधबार राष्ट्रपतिबाट आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने सम्बन्धी विधेयक प्रमाणीकरण गरिएकी राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुबै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पेस हुन आएका दुबै विधेयक राष्ट्रपतिले संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।