काठमाडौं, १३ असोज- केही वर्षयता अमेरिकामा बस्दै आएकी अभिनेत्री रञ्जना शर्माले आफू गर्भवती भएको जानकारी फेसबुकमार्फत दिएकी छिन् ।
गत भाद्र कृष्ण अष्टमीमा प्रेमी निकेश सिलवालसँग इंगेज्मेन्ट गरेकी उनले नेपाल आएर बिहे गर्ने बताएकी थिइन् । तर, अहिले उनले फेसबुकमा आफू गर्भवती भएको फोटा पोस्ट गरेर सबैलाई चकित तुल्याएकी छन् ।
फिल्म वृत्तमा औपचारिक रूपमा बिहे नगर्दै रञ्जना गर्भवती भएको हल्लासमेत चलेको छ । यसबारेमा भने उनको कुनै धारणा आएको छैन । ०६५ सालमा निर्देशक श्याम भट्टराईसँग बिहे गरेकी रञ्जना त्यसको केही वर्षपछि एक कार्यक्रममा सहभागी हुन अमेरिका उडिन् ।
अमेरिका पुगेको दुई महिनापछि उनी श्यामसँग सम्पर्कविहीन भइन् । श्याम पनि ०७२ सालमा अमेरिका उडे । उनले त्यहाँ रञ्जनालाई खोजे । तर रञ्जनाले आफूहरू आ–आफ्नो बाटो लाग्नु उत्तम हुने बताइन् । त्यसपछि उनीहरूले सम्बन्ध बिच्छेद गरे ।
श्यामले दुई वर्षअघि स्वदेश आई एफएमकर्मी कसुम तामाङसँग मागी विवाह गरे । रञ्जनाले भने अमेरिकामै प्रेमी पाइन्-निकेश सिलवाल । केही टेलिसिरियल तथा पूर्वपति श्यामको निर्देशनमा बनेको मर्यादा र मौसम, सलाम छ मायालाई र कन्यादान फिल्ममा अभिनय गरेकी रञ्जनाको अभिनय करिअर सुखद भने थिएन
। पछिल्लो समय अभिनेत्रीहरूले आफू गर्भवती भएको खबर गर्वका साथ फैलाउने गरेका छन् । सोहीअनुरूप रञ्जनाले पनि आफू आमा बन्न लागेको खुसियाली ‘सेयर’ गरेकी हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।