शनिवार, कार्तिक १ २०८३Oct 17 2026

Logo
images images
राजनीतिक बिशेष

ओलीको सम्पादकहरूसँगको अन्तरक्रिया किन गरे ? यस्तो छ दिन खोजेको सन्देश !

ओलीको सम्पादकहरूसँगको अन्तरक्रिया किन गरे ? यस्तो छ दिन खोजेको सन्देश !

  • मिडिया डबली
  • बुधवार, आश्विन १३ २०७८

  • 3.3K
    SHARES

  • ओलीको सम्पादकहरूसँगको अन्तरक्रिया किन गरे ? यस्तो छ दिन खोजेको सन्देश !

    काठमाडौं - बालुवाटारबाट बालकोट पुगेपछि एमाले अध्यक्ष केपी ओलीको दम्भको पारा हल्का ओरालो लागेको देखिएको छ ।

    सरकारबाट बाहिरिएपछि ओलीले पहिलोपटक मंगलबार विभिन्न मिडियाका सम्पादकसँग अन्तरक्रिया गरे । त्यसक्रममा उनले मिडियाले अहिलेको सरकारको खबरदारी नगरेको भन्दै आक्रोश व्यक्त गरे ।

    जतिबेला उनी प्रधानमन्त्रीका रूपमा बालुवाटारमा थिए, त्यसबेला मिडियामा सरकारको कामको आलोचना हुँदा उनी निकै आक्रोशित हुन्थे । आफ्नो सरकार, आफू र राष्ट्रपतिका विषयमा मिडियाले चाहिने नचाहिने लेखेको भन्दै पत्रकारको हुर्मत लिएका थिए ।

    तर, अहिले तिनै ओलीलाई मिडियाको सहयोग चाहिएको छ । मिडियाको तागतबारे बल्ल उनको घैंटोमा घाम लागेको छ । वर्तमान सरकारले अध्यादेश ल्याएर एमाले फुटाएर फेरि फिर्ता गरे पनि कुनै पनि मिडियाले समाचार नलेखेको भन्दै उनले सम्पादकहरूसँग गुनासो पोखे ।

    जबकि अहिले पनि मिडियाले आफ्नो धर्म छाडेका छैनन् । निरन्तर सरकारको खबरदारी गरिरहेका छन् । उनले समाचार नहेरेको हो कि आफ्नो सरकारको मात्र खबरदारी र आलोचना गरेकोमा रिस पोखेका हुन् ? त्यो भने उनी नै जानून् ।

    एमालेको पहिलो विधान महाधिवेशन आगामी असोज १५–१७ मा ललितपुरको गोदावरीमा हुँदैछ । विधान र महासचिवको राजनीतिक प्रतिवेदनमा ओलीले आफू पुनः एमाले अध्यक्ष बन्ने आधार तयार बनाइसकेका छन् ।

    त्यसैले मंगलबार ओलीले सम्पादकहरूलाई बोलाएर आफू पुनः एमाले अध्यक्ष बन्न लागेको सन्देश सबैलाई दिएका छन् । उनले उदाहरण पनि गज्जबको दिए । प्रधानसम्पादक भइसकेपछि पत्रकारले प्रधानसम्पादक र पत्रकारिता छाड्छ र ? भन्ने प्रश्न गरे । फेरि उनले अर्को उदाहरण दिए– महाविद्यावारिधि गरिसकेपछि फेरि महाविद्यावारिधि गर्ने हो ।

    यसबाट पनि ओलीमा अझै एकपटक पार्टीको अध्यक्ष बन्ने लालसा जागेको स्पष्ट हुन्छ । एमालेमा माधवकुमार नेपाल जस्ता नेता नभएकाले ओलीले फेरि एकपटक अध्यक्षमा कसैलाई पनि ढिम्किनै नदिने स्पष्ट छ । सो सन्देश उनले मंगलबार पार्टीका ईश्वर पोखरेल, विष्णु पौडेल, भीम रावल, सुवासचन्द्र नेम्वाङहरूलाई दिइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend